अलैँची प्रतिमन एक लाख सात हजार रुपियाँमा कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष २०, शनिबार (४ महिना अघि)
  • ८१ पटक पढिएको
अलैँची प्रतिमन एक लाख सात हजार रुपियाँमा कारोबार

|Women are seen picking Alaichi in himali region of Lamjung district, on Monday, October 9, 2017. Photo: RSS

पुस २०,ताप्लेजुङ । अलैँचीको मूल्यले यसपाली राम्रो मुल्य पाएको छ । पुर्वमा खोल्सीको ‘कालो सुन’ ले प्रख्यात अलैँचीको मुल्य शुक्रबार प्रतिमन (४० किलोग्राम) दुई हजार रुपियाँ बढेको हो।

पछिल्लो केही सातासम्म स्थिर रहेको अलैँचीको मूल्य शुक्रबार बढेको स्थानीय व्यवसायीले बताएका छन्। सदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यवसायी कमल बरालका अनुसार अलैँचीको मूल्य बढेर प्रतिमन एक लाख नौ हजार रुपियाँसम्म पुगेको छ। शुक्रबार गुणस्तरीय अर्थात डम्बरसाई (भर्लाङ) प्रजातिको अलैँची प्रतिमन एक लाख नौ हजार रुपियाँमा कारोबार भएको बरालले बताए।

उनका अनुसार गोलसाई प्रजातिको अलैँची प्रतिमन एक लाख सात हजार रुपियाँमा कारोबार भएको छ। चलनचल्तीको अर्थात रामसाई, चिवेसाईजस्ता प्रजातिको अलैँची भने मनको एक लाख पाँच हजार रुपियाँमा कारोबार भएको उहाँले जानकारी दिए। व्यवसायीका अनुसार बिहीबारसम्म चलनचल्तीको अलैँची प्रतिमन एक लाख तीन हजार रुपियाँसम्ममा कारोबार हुँदै आएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस