नयाँ बर्षको पहिलो शेयर कारोबारमा उत्साह, कारोबार पनि बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २, मंगलबार (२ हप्ता अघि)
  • ५८ पटक पढिएको
नयाँ बर्षको पहिलो शेयर कारोबारमा उत्साह, कारोबार पनि बढ्यो

बैशाख २,काठमाडौँ । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन शेयर बजारमा दोहोरो अंकको वृद्धि आएको छ । आज बजार २६.५५ अंकले बढेर २६८८.६३ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा बढोत्तरी आउँदा ११ उपसूचक हरियाली भएको छ । उक्त दिन कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस