४ साउन,काठमाडौँ । शिक्षा र स्वास्थ्यलाई सरकारीकरण गर्न माग सहित नयाँ आन्दोलन सुरु भएको छ । हाल सञ्चालनमा रहेका सबै शैक्षिक संस्था र स्वास्थ्यसंस्थाहरुलाई राष्ट्रियकरण गर्नुपर्ने उनीहरुको माग छ ।
यूवाहरुको संगठन वी मुभमेण्ट नामक अभियानले (we movement ) सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्नुपर्ने माग राखेका हुन् । उनीहरुले शुक्रबार माइतीघर मण्डलमा प्रर्दशन गर्दै शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई सरकारीकरण गर्नुपर्ने माग गरे ।
उनीहरुले भएका सबै मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गरेर समाजवाद तर्फको यात्रा सुरु गर्नुपर्ने बताएका थिए ।
अभियानका सँयोजक बालकिशोर माझिले शिक्षा र स्वास्थ्यलाई नाफाखोर व्यापारी तथा माफियाको हातमा पुगेको बताउदै अब सबै राष्ट्रियकरण गर्न दबाब दिन अभियान सुरु गरिएको बताए ।
यो अभियानले सफलता पाए अहिले देखिएको स्वास्थ्य क्षेत्रको बिकृतीको अन्त्य मात्र नभै सत्ता पक्ष र प्रतिपक्षीको अनि डा. गोबिन्द केसीका मागहरु सन्तुलित रुपमा पूरा गर्न यो अभियानले सघाउने माझिले तर्क गरे ।
यदि सरकारले शिक्षा तथा स्वाथ क्षेत्रलाइ सरकारिकरण नगरी अहिलेको बामपंथी सरकारले चुनाबमा भनेझै समाजबाद नपुगिने पनि उनको तर्क छ । साथै आगामी दिनमा यो अभियान अब तिव्र रुपमा अघि लैजाने उनको योजना छ ।