बैशाख ३,काठमाडौँ । कोरोना महामारीले विश्वभरी आतंक मच्चाउदैछ । अहिलेसम्म १९ लाख ९९ हजार ५ सय ९४ जनालाई कोरोना संक्रमण भएको छ । जसमा १ लाख २६ हजार ७ सय २५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि निको भएर घर फर्कनेको संख्या पनि बढिरहेको छ ।
अहिलेसम्म ४ लाख ७८ हजार ९ सय ३२ जना निको भएर घर फर्किएका छन । अहिलेसम्म अमेरिकामा कोरोनाबाट २६ हजार ६४ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । देस्रो नम्बरमा रहेको इटलीमा २१ हजार ६७ जनाको मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म ३ सय ९३ जनाको मृत्यु भएको छ भने संक्रमित संख्या ११ हजार ४ सय ८७ पुगेको छ । चीनमा मंगलबार ४६ जना नयाँ संक्रमित भेटिएका छन । नेपालमा अहिलेसम्म १६ जना संक्रमित भेटिएका छन ।