त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि प्रहरीले कुटपिट गरेको भन्दै संघको आपत्ति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ४, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

वैशाख ४, काठमाडौं । राष्ट्रिय आवासीय चिकित्सक संघले ३ जना आवासीय चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको भन्दै सो घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । एक विज्ञप्ती जारी गर्दै संघले बुधबार साँझ त्रिवि शिक्षण अस्पतालका ३ जना डाक्टरहरु ड्युटी सकेर निवासतर्फ फर्किदै गर्दा महाराजगञ्जस्थित कान्ति बाल अस्पताल पछाडिको ओरालोमा प्रहरीले हातपात गर्नुका साथै लाठि चार्ज समेत गरेको आरोप संघले लगाएको छ ।

यस मानवीय संकटको बेलामा अत्यावश्यक सेवामा ज्यानको जोखिममा राखेर खटिरहेका डाक्टरहरुमाथि कुटपिट गर्ने प्रहरीलाई कार्वाहीको दायरामा ल्याउन समेत संघले माग गरेको छ । दोषी प्रहरीमाथि कार्वाही नगरे संघले कडाभन्दा कडा कार्वाहीको कदम चाल्ने चेतावनी समेत संघले दिएको छ । प्रहरीले त्रिवि शिक्षण अस्पतालका डाक्टर शम्भु खनाल, तेजप्रकाश साह र विकास शाहमाथि आक्रमण गरेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस