वैशाख ४, काठमाण्डौ । वागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमणको शंकास्पद व्यक्ति आइसोलेसनमा राखिएका छन् ।
हेटौंडा उपमहानगरपालिका–४ कर्राको श्रमिक माविमा रहेको कोरोना आइसोलेसन वार्डमा ११ जना भर्ना भएका हुन् । भर्ना हुनेमा मकवानपुरको वागमती गाउँपालिकाका एकजना, भीमफेदी गाउँपालिकाका तीनजना, प्युठान घर भई हेटौंडा बस्ने एकजना र बाँकी हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।