चीनबाट ल्याईने औषधीको लागि दुईवटा वाइडबडी जहाज बुकिङ !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २२, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख २२, काठमाण्डौ । सरकार–सरकार साझेदारी अर्थात जीटुजी सम्झौतामार्फत चीनबाट आउने औषधीको लागि नेपाल एअरलाइन्सका दुईवटा वाइडबडी जहाज बुकिङ भएका छन् । नेपाली सेनाले चीनबाट अत्यावश्यक औषधी जहाजबाट र अरु स्थलमार्ग हुँदै ल्याउनको लागि फ्ल्यास फ्रेट लजिस्टिक कम्पनीसँग ढुवानी सम्झौता गरिसकेको छ ।

सुरुमा अप्रिल ५ तारिख अर्थात मंगलबार नेपाल एअरलाइन्सका जहाज चीन जाने तय भएपनि अप्रिल ६ तारिखसम्म चीनमा सार्वजनिक विदा भएकाले औषधी जम्मा हुन नसक्ने भएपछि ६ तारिखमा उडान नहुने भएको छ । नेपाली सेनाले १ करोड ८४ लाख ४१ हजार डलर अर्थात झण्डै २ अर्ब २५ करोड रुपैयाँको ३ सय ४२ टन औषधी र उपकरण ल्याउन चीनको चाइना सिनोफार्म इन्टरनेसनल कर्पोरेसनसँग सम्झौता गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस