वैशाख ३०, काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४२ लाख ५४ हजार १ सय ९३ पुगेको छ । वल्र्डडुमिटर्सले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ ।
त्यस्तै, स्पेनमा २ लाख २७ हजार ४ सय ३६, २ लाख २४ हजार ३ सय ३२, रुसमा २ लाख २१ हजार ३ सय ४४, इटालीमा २ लाख १९ हजार ८ सय १४, फ्रान्समा १ लाख ७७ हजार ५ सय ४७, जर्मनीमा १ लाख ७२ हजार ५ सय ७६ जना संक्रमित भएका छन् । विश्वभर २ लाख ८५ हजार ६ सय ९० को संक्रमणपछि मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ८० हजार ३ सय ५२को मृत्यु भइसकेको छ । त्यस्तै, बेलायतमा ३२ हजार १ सय ४१, इटाली ३० हजार ७ सय ३९, स्पेनमा २६ हजार ७ सय ४४, ब्राजिलमा ११ हजार ५ सय १९, बेल्जियममा ८ हजार ७ सय ७ जनाको मृत्यु भइसकेको छ ।
विश्वभर १४ लाख ५५ हजार ५ सय ४८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ २ लाख ३२ हजार ७ सय ३३, जर्मनीमा १ लाख ४५ हजार ६ सय १५, स्पेनमा १ लाख ३७ हजार १ सय ३९, इटालीमा १ लाख ६ हजार ५ सय ८७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा पनि १ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये ३३ जना संक्रमणमुक्त भइसकेका छन् ।