अमेरिकामा कोरोना भाइरसको संक्रमणले ९६ हजारभन्दा बढीको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ९, शुक्रबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाडौं । साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९६ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ३३३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९६ हजार २६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ६४ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १६ लाख १९ हजार ७८७ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख ८१ हजार ९१४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४१ हजार ६०४ जनामध्ये १७ हजार ९०२ जनाको अवस्था गम्भीर रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस