जेठ ९, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउने संख्या ३ लाख ३४ हजार नाघेको छ । शुक्रबार बिहानसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार ५७ पुगेको हो । कोरोनाका कारण सबैभन्दा धेरै विश्वकै विकसित देशमा ज्यान गएको छ । कोरोनाको सबैभन्दा धेरै प्रभाव अमेरिका, बेलायत, इटली, स्पेन, फ्रान्स, जर्मनी, रुस, ब्राजिल लगायत देशमा परेको छ । तुनात्मक रुपमा कम विकसित अफ्रिकी देशमा कोरोना संक्रमण कम देखिएको छ ।
अमेरिकामा ९६ हजार कोरोना संक्रमितले ज्यान गुमाएका छन् । बेलायतमा ३६ हजार ४२, इटलीमा ३२ हजार ४८६, फ्रान्समा २८ हजार २१५, स्पेनमा २७ हजार ९४०, ब्राजिलमा २० हजार ४७ ले संक्रमितको ज्यान गइसकेको छ । ४६ हजार भन्दा धेरै संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।