चीनले विकास गरेको खोप कोरोना रोक्न सफल भएको अनुसन्धानकर्ताको दावी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १०, शनिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाण्डौ । चीनले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्न सफल देखिएको अनुसन्धानकर्ताले दाबी गरेका छन् । द ल्यानसेट जर्नलका अनुसार अनुसन्धानकर्ताले शुक्रबार सार्वजनिक गरेको पहिलो चरणको परीक्षण प्रतिवेदनले यो खोपले २ हप्ताभित्रै मानिसमा भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता वृद्धि गरेको देखाएको हो ।

चीनका विभिन्न प्रयोगशालाका अनुसन्धानकर्ता मिलेर पहिलो चरणको परीक्षणअन्तर्गत १८ देखि ६० वर्षसम्मका १ सय ८ जनालाई यो खोप लगाएका थिए । जसको नतिजा अत्यन्तै प्रभावकारी आएको ल्यान्सेटमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । खोपको एक डोज मात्रै दिइएका व्यक्तिको शरीरमा दुई हप्ताभित्रै टी सेल्स नाम गरेको रोग प्रतिरोधात्मक कोषिका बनेको पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

खोप दिएको २८ दिनमै प्रतिरोधात्मक क्षमताका लागि आवश्यक एन्टिबडी पनि उच्च तहमा पुगेको पाइएको ल्यान्सेटमा लेखिएको छ । चीनको बेइजिङस्थित सिनोवाक बायोटेक कम्पनीले निर्माण गरेको यो खोप एडी ५ नाम गरेको भाइरसबाट बनाइएको वैज्ञानिकले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस