चीनमा पहिलो पटक नयाँ कोरोना संक्रमित फेला परेनन् !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १०, शनिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाण्डौ । शुक्रबार मे २२ मा चीनमा कोरोनाभाइरसका नयाँ संक्रमित फेला परेनन् । गत वर्ष ऊहानबाट महामारी सुरु भए यता चीनमा थप नयाँ संक्रमित फेला नपरेको यो पहिलो अवसर हो ।
राष्ट्रिय स्वास्थ्य आयोग एनएचसी ले शनिबार एक वक्तव्य जारी गर्दै बिहीबार ४ नयाँ संक्रमित भेटिए पनि शुक्रबार कुनै पनि नयाँ संक्रमित फेला नपरेको जनाएको हो ।

यद्यपि, दुई शंकास्पद केसहरु भने फेला परेका छन् । यसमा एक सांघाईमा बाहिरबाट आएका र उत्तरपूर्वी जिलिन प्रान्तमा स्थानीय स्तरमा सम्भावित संक्रमित रहेका छन् । लक्षण नभएकाहरु पनि अघिल्लो दिनको तुलनामा ३५ बाट २८ मा झरेको एनएचसीले जनाएको छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस