जेठ १५,काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिढ–१९) को महामारी फैलिरहेको छ । वल्र्डोमिटरका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ५७ लाख ९२ हजार २ सय ५३ पुगेको छ । यसबाट मृत्यु हुनेको संख्या ३ लाख ५७ हजार ४ सय ६७ पुगेको छ । महामारीले संक्रमणको दरलाई बृद्धी गरेपनि सुखद खबरको रुपमा निको हुनेको संख्या पनि बढीरहेको छ । अहिलेसम्म २४ लाख ९८ हजार ७ सय ३० जना निको भएरका छन् । विश्वको झण्डै एक तिहाई संक्रमित अमेरिकाका रहेका छन् ।
जहाँ १७ लाख ४५ हजार ८ सय ३ जना संक्रमित छन् । अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै बढी छ् । जहाँ १ लाख २ हजार १ सय ७ जनाको मृत्यु भएको वल्र्डोमिटरले जनाएको छ । अमेरिकापछि पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण तिव्र गतीमा फैलिरहेको छ । ब्राजिलमा संक्रमितको संख्या ४ लाख १४ हजार ६ सय ६१ पुगेको छ । छिमेकी मुलुक भारतमा पनि संक्रमण तिव्र गतीमा फैलिरहेको छ । भारतमा अहिलेसम्म १ लाख ५८ हजार ३ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जहाँ ४ हजार ५ सय ३४ जनाको मृत्यु भइसकेको छ । सार्क मुलुकमा भारतपछि पाकिस्तानमा संक्रमितको संख्या बढी छ । जहाँ ६१ हजार २ सय २७ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । पाकिस्तानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ६० रहेको छ । नेपालमा पनि अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ९ सय १ पुष्टि भएको छ । जहाँ ४ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ ।