विश्व स्वास्थ्य संगठन भन्छ-‘कोरोना विरूद्ध धेरै एन्टिबायोटिक्सको प्रयोग घातक’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २०, मंगलबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ २०, काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उपचारमा धेरै एन्टिबायोटिक्सको प्रयोग घातक हुने चेतावनी दिएको छ । कोरोना महामारीसँग लड्न एन्टिबायोटिक्सको प्रयोग धेरै गरे त्यसले ब्याक्टेरियालाई अझै बलियो बनाउने र सोका कारण धेरै मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सोमबार संगठनका प्रमुख टेड्रोस एनहानम गिब्रिएयसुसले ती औषधिले ब्याक्टेरियासँग लड्न सहयोग गर्ने गरेको भएपनि अब ती औषधिसँग ब्याक्टेरियाको प्रतिरोध क्षमता बढिरहेकाले धेरै एन्टिवायोटिक्स प्रयोग नगर्न भनेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस