जेठ २१, काठमाण्डौ । विश्वभर कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३ लाख ८१ हजार नाघेको छ । बुधबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ३ लाख ८१ हजार ७ सय ६ जनाको मृत्यु भएको छ । वर्ल्डओमिटरका अनुसार अहिलेसम्म विश्वभर ६४ लाख ७३ हजार २ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा मात्रै विश्वभर १ लाख १० हजार २० जनामा संक्रमण देखिएको छ । गएको २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर ४ हजार ५ सय १६ जनाले ज्यान गुमाएका छन् । यसबीचमा सबैभन्दा धेरै ब्राजिलमा १२ सय भन्दा धेरैको मृत्यु भएको छ ।
त्यसैगरी अमेरिकामा ११ सय ३२, बेलायतमा ३ सय २४, मेक्सिकोमा २ सय ३७, भारतमा २ सय २१, रुसमा १ सय ८२, फ्रान्समा १ सय ७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वभर २९ लाख ८६ हजार भन्दा धेरै संक्रमित उपचापछि निको भएर घर फर्किएका छन् ।