(कोरोनाअपडेट) विश्वभर ६५ लाख ६७ हजार संक्रमित, ३ लाख ८७ हजारको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २२, बिहिबार (४ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

जेठ २२, काठमाडौं । ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६५ लाख ६७ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६५ लाख ६७ हजार ५८ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख १३ हजार ३३३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ४ हजार ४२८ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ८७ हजार ८९९ पुगेको छ ।

३० लाख १४ हजार ९०६ जनाको उपचार भइरहेकोमा ५४ हजार २०१ जनाको अवस्था गम्भीर छ भने ३१ लाख ६४ हजार २५३ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बिहिबार बिहानसम्म १ लाख ७६ हजार ४४६ जनाको मृत्यु भएको छ । २० लाख २८ हजार २४१ जना संक्रमित भएकोमा १० लाख २७ हजार ८५४ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २९ हजार ९२९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २१ लाख ५१ हजार ४६८ पुगेको छ । त्यसमध्ये ८ लाख ४० हजार ६१९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३२ हजार ४६५ जनाको मृत्यु भएको छ । १२ लाख २६ हजार ६३१ जना संक्रमित भएकोमा ७ लाख ४८ हजार ५१३ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ४४ हजार २९३ जनाको मृत्यु भएको छ । ९ लाख ८६ हजार १७३ जना संक्रमित भएकोमा ४ लाख ६६ हजार १४ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ४ हजार ६२७ जनाको ज्यान गएको छ भने १ लाख ६४ हजार ९८५ जना संक्रमित छन् । संक्रमितमध्ये ७२ हजार ३८० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८३९ जना संक्रमित भएकोमा ८ हजार २२२ जना संक्रमणमुक्त भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस