कोरोना भाइरसविरुद्धको लडाईं न्युजिल्याण्डले यसरी जित्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २६, सोमबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ २६, काठमाण्डौ । न्युजिल्याण्डले कोराना भाइरसमाथिको लडाईमा विजय प्रप्त गरेको छ । न्युजिल्याण्डमा कोरोना भाइरस संक्रमित अन्तिम बिरामी पनि डिस्चार्ज भएका छन् ।
प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोरोना भाइरसका कारण लगाइएका लकडाउन सोमबार रातीबाट फकुवा गर्ने घोषणा गरेकी छन् । सीमा नाका बाहेक मुलुकभित्र लगाइएका सबै प्रतिबन्धहरू फुकुवा हुने उनले बताएकी छन् ।

‘हामीले कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध फकुवा गरेका छौं । हाम्रो लागि यो एउटा कोशेढुंगा हो । कोरोनाको प्रभाव अन्त्य भएको देखिए पनि प्रधानमन्त्री आर्डनले लामो समयसम्म सीमा नखोल्ने बताएकी छिन् । न्युजिल्याण्डमा कोरोनाको संक्रमण शुन्यमा झरेको छ । साथै सक्रिय कोरोना भाइरस सङ्क्रमण बाँकी नभएपछि न्युजिल्याण्डले भाइरस जितेको जस्तो देखिएको छ । न्युजिल्याण्ड पूर्ण लकडाउन गरिएको थियो । डब्लूएचओको सुझावहरु मानेका कारण न्युजिल्याण्डमा कोरोनाको प्रभाव पर्न पाएन । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस