भारतमा यसरी बढ्दैछन् कोरोना संक्रमित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २८, बुधबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ २८, काठमाण्डौ । भारतमा पछिल्लो समय कोरोनाको संक्रमणमा दैनिक वृद्धि देखिदैं आएको छ । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार भारतमा हालसम्म भेटिएका संक्रमितमध्ये ८६ प्रतिशत संक्रमित पछिल्लो ४० दिनमा भेटिएका हुन् । यसैगरी समाचारमा कोरोनाका कारण मर्नेहरूमध्ये ८४ प्रतिशत मे र जुन महिनाबाट भएको उल्लेख छ ।

मे महिनामा सबैभन्दा धेरै संक्रमण पुष्टि भएको उसको भनाइ छ । भारतका कुल संक्रमितमध्ये एक लाख ५३ हजार जना ३१ दिनको अवधिमा भेटिएका हुन् । जुन १ बाट सरकारले पाँच चरणसम्म जारी गरेको पूर्ण लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको छ । त्यसपछि बितेको ९ दिनमा भारतमा ७६ हजार जना नयाँ संक्रमित थपिएका छन् । संख्याका आधारमा भारत हाल विश्वको छैटौं कोरोना प्रभावित मुलुक हो ।

संक्रमित संख्या धेरै भएपनि मृत्युको अनुपात भने भारतमा कम छ । सोमबारबाट भारतका धेरै राज्यका मल, धार्मिक स्थान र रेष्टुरेन्टहरू खुल्न थालेका छन् । यसैगरी थुप्रै कार्यालयहरू पनि खुलेको हिन्दुस्तान टाइम्सले आफ्नो समाचारमा जनाएको छ । भारतमा हाल प्रतिदिन १० हजारको करिबमा संक्रमितहरू फेला परिरहेका छन् । हालसम्म भारतमा २ लाख ६० हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस