जेठ २९, काठमाण्डौ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ७४ लाख ४६ हजार २२९ पुगेको छ । २४ घण्टामा १ लाख ३४ हजार ७०५ जना संक्रमित थपिएका छन् । यो पछिल्लो समयको निकै बढी हो । त्यस्तै मृतकको संख्या ४ लाख १८ हजार १३७ पुगेको छ । २४ घण्टामा ५ हजार १६५ जनाको ज्यान गएको छ । निको हुनेको संख्या ३७ लाख २८ हजार १९६ रहेको छ । गम्भीर रोगीहरु ५३ हजार ८१२ रहेका छन् । अमेरिकामा सबैभन्दा बढी संक्रमित रहेका छन् । त्यहाँ २० लाख ६६ हजार ४०१ जना संक्रमित रहेका छन् । २० हजार ८५२ जना नयाँ संक्रमित थपिएका छन् । मृतक १ लाख १५ हजार १३० पुगेका छन् । नयाँ मृतक ९८२ हुन् । त्यस्तै ब्रजिलमा नयाँ संक्रमित ३३ हजार १०० पुगेका छन् । यो ब्रजिलको अहिलेसम्मकै बढी हो । संक्रमित ७ लाख ७५ हजार १८४ पुगेका छन् ।
मृतक १ हजार ३०० थपिएका छन् । अहिलेसम्म ३९ हजार ७९७ जनाको ज्यान गएको छ ।
रुसमा नयाँ संक्रमित ८ हजार ४०४ थपिएर ४ लाख ९३ हजार ६५७ जना पुगेका छन् । मृतक २१६ थपिएर ६ हजार ३५८ जना पुगेका छन् । चौथो स्थानको रुसमा १००३ संक्रमित थपिएर २ लाख ९० हजार १४३ पुगेका छन् । मृतक २४५ थपिएर ४१ हजार १२८ पुगेका छन् । पाँचौं स्थानको स्पेनमा नयाँ ३१४ जनामात्रै थपिएर संक्रमित २ लाख ८९ हजार ३६० जना पुगेका छन् । मृतक एक जना पनि थपिएनन् र २७ हजार १३६ पुगेका छन् । भारतमा ११ हजार १५६ जना नयाँ संक्रमित थपिएर २ लाख ८७ हजार १५५ पुगेका छन् । ३५७ जना नयाँ मृतक थपिएर मृतकको संख्या ८ हजार १०७ पुगेको छ । चिलीमा ५ हजार ७३७ जना नयाँ संक्रमित थपिएका छन् र संक्रमितको संख्या १ लाख ४८ हजार ४९६ पुगेको छ । मृतक १९२ थपिएर २ हजार ४७५ पुगेका छन् । मेक्सिकोमा ४ हजार १९९ जना संक्रमित थपिएर १ लाख २४ हजार ३०१ जना पुगेका छन् । मृतक ५९६ थपिएर १४ हजार ६४९ पुगेका छन् ।