(कोरोनाअपडेट) विश्‍वमा संक्रमितको संख्या ९२ लाख नजिक, मृत्यु हुने ४ लाख ७३ हजार बढी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ९, मंगलबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार ९, काठमाडौं । विश्वमा हालसम्म ९१ लाख ८० हजार ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ लाख ७३ हजार ४ सय ६२ जनाले ज्यान गुमाएका छन् । विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ४९ लाख १६ हजार १ सय १७ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

हाल विश्वमा ३७ लाख ९० हजार ४ सय ३२ जना संक्रमित उपचारत छन् । उपचारत मध्ये ५७ हजार ८ सय ८४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने ३७ लाख ३२ हजार ५ सय ४८ जनाको अवस्था सामान्य रहेको छ । नेपालमा हालसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ ।

नेपालमा रहेका संक्रमित मध्ये २३ जनाको मृत्यु भइसकेको छ भने २ हजार १ सय ४८ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाको पहिलो संक्रमण गत ९ माघमा फेला परेको थियो ।
विश्वमा कोरोना भाइरसको संक्रमित पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएका थिए । यो भाइरस फैलिएर अहिले विश्वका २ सय १३ देश तथा क्षेत्रमा पुगेको छ । वल्डोमिटर्सको तथ्याङ्कअनुसार कोरोना भाइरस संक्रमितको सबैभन्दा ठूलो संख्या अमेरिकामा छन् । अमेरिकामा हिजोसम्म २३ लाख ८८ हजार १ सय ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यहाँ हालसम्म १ लाख २२ हजार ६ सय १० जनाको कोभिड(१९ बाट मृत्यु भएको छ ।

ब्राजिलमा कोरोना संक्रमित ११ लाख ११ हजार ३ सय ४८ जना पुगेका छन्, जसमध्ये ५१ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । रुसमा ५ लाख ९२ हजार २ सय ८० जना कोरोना संक्रमित रहेकोमा ८ हजार २ सय ६ जनाले ज्यान गुमाएका छन् । भारतमा कूल संक्रमित ४ लाख ४० हजार ४ सय ५० पुगेको छ । यीमध्ये १४ हजार १५ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना ३ लाख ५ हजार २ सय ८९ जना संक्रमित पुगेका छन् । जसमध्ये ४२ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस