विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख नाघ्यो, ५ लाख बढीको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १५, सोमबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार १५, काठमाण्डौ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख नाघेको छ । वल्डोमिटरले जनाएअनुसार सङ्क्रमितमध्ये ५ लाख बढीको ज्यान गएको छ । अहिलेसम्म ५ लाख ४ हजारभन्दा बढीको ज्यान गएको हो ।

यस्तै सङ्क्रमितमध्ये ५५ लाख ४७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । अमेरिकामा २६ लाख ३७ हजारभन्दा बढी सङ्क्रमितमध्ये एक लाख २८ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकामा १ लाख ९३ हजारभन्दा बढी निको भएका छन् । ब्राजिलमा १३ लाख ४५ हजारभन्दा बढी सङ्क्रमितमध्ये ५७ हजार ६५ हजारभन्दा बढीको जनाको ज्यान गएको छ । यस्तै ६ लाख ३४ हजारभन्दा बढी सङ्क्रमित रहेको रुसमा ९ हजारभन्दा धेरैको ज्यान गएको छ ।

चौथो स्थानमा रहेको भारतमा ५ लाख ४९ हजारभन्दा बढी सङ्क्रमितमा १६ हजार ४८७ जनाको ज्यान गएको छ । भारतमा ३ लाख २१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस