कोरोनाका गम्भीर बिरामीलाई सङ्क्रमणमुक्त भएका व्यक्तिको ‘प्लाज्मा’ दिने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ३१, बुधबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाडौँ । सरकारले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई सङ्क्रमण मुक्त भएका व्यक्तिको ‘कन्भालेसेन्ट प्लाज्मा’ दिएर उपचार गर्ने तयारी गरेको छ । यसका लागि नेपाल सरकार मातहतको स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना निको भएका व्यक्तिलाई प्लाज्मा दानका लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।

परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले कोरोना निको भएर डिस्चार्ज भएका व्यक्तिको शरीरमा बनेको ‘एन्टीबडी’ झिकेर कोरोनाका गम्भीर बिरामीलाई दिने तयारी गएिको जानकारी दिए । कोरोना मुक्त भएर डिस्चार्ज भएका इच्छुक व्यक्तिलाई प्लाज्मा दानका लागि आह्वान गरिएको उनले बताए । रक्तदान गरे जसरी नै प्लाज्मा दान गर्न सकिने उनको भनाइ छ । त्यसका कोरोनाका गम्भीर प्रकृतिका बिरामी उपचाररत अस्पतालसँग समन्वय गरिसकेको प्रमुख अनुसन्धान अधिकृत धिमालले बताए ।

मुलुकभरका करीब १५÷१६ वटा सुविधा सम्पन्न कोभिड डेडिकेटेड अस्पतालसँग मिलेर त्यस्ता बिरामीको उपचार गर्ने तयारी थालिएको उहाँको भनाइ छ । कोरोना भाइरसलाई जितेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट गत वैशाखमा डिस्चार्ज भएकी प्रसिद्धि श्रेष्ठले गम्भीर अवस्थामा पुगेको कोरोना सङ्क्रमितको उपचारका लागि आफू प्लाज्मा दिन तयार रहेको बताईन् । अमेरिकालगायत विभिन्न मुलुकमा गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितलाई सङ्क्रमण मुक्त भइसकेका व्यक्तिको प्जाज्मा दिएर उपचार गरिएको पाइन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस