साउन १, काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख ३१ हजार ७८६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो एकैदिन थपिएको अहिलेसम्मै उच्च संख्या हो । वल्डोमिटर्सको तथ्याङ्कअनुसार गत २४ घण्टामा विश्वभर कोभिड–१९ बाट पाँच हजार ६६८ जनाको मृत्यु भएको छ । थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ७० हजार ७७६ जना जना रहेका छन् । सोही समयमा अमेरिका ९५७ जनाको मृत्यु भएको छ ।
वल्डोमिटर्सको तथ्याङ्कअनुसार ब्राजिलमा २९ जार ७०५ जना संक्रमित थपिएका छन् भने एक हजार २६१ जनाको मृत्यु भएको छ । भारतमा ३२ हजार ६८२ संक्रमित थपिँदा सोही अवधिमा ६१४ जनाको मृत्यु भएको छ । रुसमा ६ हजार ४२२, पेरुमा तीन हजार ८५७, चिलिमा एक हजार ७१२, मेक्सिकोमा सात हजार ५१, स्पेनमा ८७५ र पाकिस्तानमा दुई हजार १६५ जना संक्रमित थपिएका छन् । यस्तै, दक्षिण अफ्रिकामा १२ हजार ७५७, बेलायतमा ५३८, इरानमा दुई हजार ३८८, इटलीमा १६२, साउदी अरेबियामा दुई हजार ६७१ र जर्मनीमा ४८६ जना संक्रमित थपिएका छन् ।