साउन ५, काठमाडौं । विश्वमा पछिल्ला दुई दिनमा झण्डै चार साढे चार लाख कोरोना भाइरस संक्रमित थपिएका छन् । वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्ला दुई दिनमा विश्वमा चार लाख ४२ हजार ६५१ जना संक्रमित थपिएका छन् । सोही अवधिमा विश्वमा कोरोना भाइर संक्रमणकै कारण ९ हजार ३०७ जनाको मृत्यु भएको छ । ३ साउनमा विश्वभर दुई लाख २३ हजार ६६९ जना कोरोना भाइरस संक्रमित थपिएका थियो । त्यसको भोलिपल्ट ४ साउमा दुई लाख १८ हजार ३७८ संक्रमित थपिएका छन् ।
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ४६ लाख ३३ हजार ३७ पुगेको छ भने ८७ लाख ३० हजार १३८ जना संक्रमणमुक्त भएका छन् । विश्वमा ५२ लाख ९४ हजार ३६० सक्रिय संक्रमित रहेकोमा ५९ हजार ८७८ जनाको स्वास्थ्य चिन्ताजनक छ । कोभिड–१९ का कारण विश्वमा अहिलेसम्म ६ लाख आठ हजार ५३९ जनाको मृत्यु भएको छ ।