कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ५० लाखभन्दा धेरै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ९, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ९, काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा डेढ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ५० लाख १२ हजार ७३१ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख १९ हजार १५० पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस