अमेरिकामा कोरोना संक्रमितको संख्या ४७ लाख नाघ्यो, एकैदिन ७० हजार संक्रमित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १७, शनिबार (४ साल अघि)
  • ४२ पटक पढिएको
Post Thumbnail

साउन १७, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७० हजार ९०४ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४७ लाख ५ हजार ८८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ४६२ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५६ हजार ७४७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २३ लाख २७ हजार ५७२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २२ लाख २१ हजार ५७० जनामध्ये १८ हजार ६८७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस