कोरोना संक्रमणका कारण विश्वभर ६ लाख ९२ हजार भन्दा धेरै मानिसको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १९, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाडौँ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ८२ लाख ४० हजार ६३३ पुगेको छ। जसमध्ये ६ लाख ९२ हजार ८९४ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ४८ लाख १३ हजार ६४७ पुगेको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ५८ हजार ३६५ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा २७ लाख ३३ हजार ६७७ जना संक्रमित भएकोमा ९४ हजार १३० जनाले ज्यान गुमाएका छन् । यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ । त्यहाँ १८ लाख ७ हजार २२२ जनामा संक्रमण भएकोमा ३८ हजार १७६ भन्दा धेरैको ज्यान गएको छ । रसियामा ८ लाख ५० हजार ८७० जना संक्रमित भएका छन् भने १४ हजार १२८ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी अफ्रिकामा ५ लाख ११ हजार ४८५ संक्रमित भएकोमा ८ हजार ३ सय ६६ जनाको मृत्यु भइसकेको छ । स्पेनमा ३ लाख ३५ हजार ६०२ संक्रमित भएकोमा २८ हजार ४४५ जनाले ज्यान गुमाएका छन् । बेलायतमा ३ लाख ४ हजार ६९५ संक्रमित भएकोमा ४६ हजार २०१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ । त्यहाँ संक्रमितको संख्या ४ लाख २८ हजार ८५० छ भने १९ हजार ६१४ जनाको मृत्यु भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस