साउन २३, काठमाण्डौ । कोरोना संक्रमणका हिसाबले भारत विश्वको तेस्रो अति प्रभावित देशमा पर्छ । आज शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा नै त्यहाँ ५८ हजारभन्दा बढी संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २० दिनमै संक्रमितको संख्या दोब्बर भएको छ। यो वृद्धिदर अमेरिका र ब्राजिलको भन्दा पनि बढी हो ।
भारतमा अहिलेसम्म ४० हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भइसकेको छ । मृतक संख्याका आधारमा भारत विश्वको पाँचौं अति प्रभावित देशमा पर्छ ।