एक अध्ययन भन्छ-‘कोरोना निको भएका ९० प्रतिशतको फोक्सो क्षतिग्रस्तै देखियो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २३, शुक्रबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन २३, काठमाण्डौ । कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको वुहानमा गरिएको एक अध्ययनले संक्रमणबाट निको भइसकेका सयमध्ये ९० जनाको फोक्सो क्षतिग्रस्तै अवस्थामा रहेको देखाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा प्रकाशित रिपोर्टअनुसार वुहान विश्वविद्यालयअन्तर्गत झोङनान अस्पतालको इन्टेन्सिभ केयर युनिटका निर्देशक पेन्ग झियोङको नेतृत्वमा गरिएको अध्ययनले त्यस्तो भयावह स्थिति देखाएको हो ।

झियोङको टोलीले गत अप्रिलदेखि कोरोनामुक्त सय जनाको फलोअप गरिरहेको छ । एक वर्षे कार्यक्रमअन्तर्गत पहिलो चरणको फलोअप गत जुलाईमा सम्पन्न भएको हो । जसको नतिजाले कोरोनाबाट मुक्त भइसकेका ९० जना ९० प्रतिशत को फोक्सोको भेन्टिलेसन र ग्यास एक्सचेन्ज अझै स्वस्थ व्यक्तिको स्तरमा आइनसकेको देखाएको हो ।

अध्ययन क्रममा कोरोनाबाट निको भएका ती व्यक्तिलाई ६ मिनेट हिँडाइएको थियो। तर उनीहरू स्वस्थ व्यक्तिजति हिँड्न नसकको पाइयो । अर्थात् ६ मिनेटमा स्वस्थ व्यक्ति ५ सय मिटर हिँड्न सक्छन् भने उनीहरू ४ सय मिटरमात्रै हिँड्न सकेको रिपोर्टमा उल्लेख छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस