अमेरिका पुनः डब्लूएचओमा आबद्ध हुने आशा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २५, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन २५, काठमाण्डौ । विश्व स्वास्थ्य संगठन डब्लूएचओ बाट अलग हुने निर्णय गरेको अमेरिकाले यसमा पुनर्विचार गर्ने आशा गरिएको छ । डब्लूएचओका महानिर्देशक डा टेड्रोस एडहानम ग्रेब्रियसस यो संकटका बेला विश्वका मुलुकले एकता र सहकार्य गर्नुपर्नेमा जोड दिँदै अमेरिका डब्लूएचओमा पुनः आबद्ध हुनेमा आफू आशावादी रहेको बताएका हुन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओ चीनसँग मिलेको आरोप लगाउँदै आफ्नो देश डब्लूएचओबाट बाहिरिने भनेर औपचारिक पत्र पठाइसकेका छन् । त्यसपछि अहिले डब्लूएचओको प्रतिक्रिया आएको हो । अमेरिकाले डब्लुएचओमा कुनै समस्या देखेको भए समाधानका लागि प्रयास गरिने पनि महानिर्देशक डा। टेड्रोसले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस