रुसले बनाएको भ्याक्सिन दुई सातामा बजारमा आउने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण २९, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन २९, काठमाडौँ । रुसले आफुले बनाएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन बारेका सबै आशंकालाई खारेज गरेको छ । रुसले यो भ्याक्सिन लगभग दुई महिनाको मानवीय ट्रायलपछि तयार गरिएको बताउदै प्रक्रिया पुरा गरेर नै मन्जुरी दिएको स्पष्ट गरेको छ । अहिले रुसले बनाएको कोरोना भ्याक्सिनका बारेमा जर्मनी, फ्रान्स, स्पेन र अमेरिकी वैज्ञानिकले आशंका व्यक्त गरिरहेका बेला रुसले यस्तो बताएको हो । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले रुसी समाचार एजेन्सी इन्टरफेससँग कुरा गर्दै यो भ्याक्सिन आउदो दुई सातामा बजारमा आउने बताएका छन् । उनले केहि देशहरु प्रतियोगितामा पहिलो हुन नपाएकोले आशंकामा उत्रिएको आरोप समेत लगाएका छन् । उनले यो भ्याक्सिन मुख्य रुपमा शुरुमा स्वास्थ्यकर्मीहरुलाई दिइने बताएका छन् ।

रुसले अक्टोबरमा ठुलो संख्या भ्याक्सिन अभियान चलाउने तयारी गरेको मिडिया रिपोर्टमा बताइएको छ । यसअघि रुसले गत मंगलबार कोरोनाको पहिलो भ्याक्सिन बनाएको घोषणा गरेको थियो । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले यसको घोषणा गर्दै यो भ्याक्सिन सबै सुरक्षित उपाय अपनाएर तयार गरिएको बताएका थिए । साथै उनले यो भ्याक्सिनको पहिलो डोज आफ्नी छोरीलाई दिइएको बताएका थिए ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले भने रुसले बनाएको भ्याक्सिनका बारेमा आफुहरुसँग पर्याप्त जानकारी नभएको बताएको छ । साथै उनले यस भ्याक्सिनको अध्ययन गर्न डब्लुएचओ रुसको सम्पर्कमा जान थालेको बताएको छ । जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्पानले लाखौ मानिसलाई यसरी भ्याक्सिन दिनु खतरनाक कुरा भएको बताउदै यदि केहि गडबड भयो भने मानिसहरुप्रति भ्याक्सिनप्रतिको विश्वास नहुने बताएका छन् । उनले पहिला भ्याक्सिन बनाउने दौड भन्दा पनि कसरी सुरक्षित भ्याक्सिन बनाउने भन्ने विषय महत्वपूर्ण भएको बताए ।

त्यस्तै फ्रान्सका नेशनल सेन्टर फर साइन्टिफिक रिसर्चकी इसाबेल इम्बर्टले भ्याक्सिनको यति छिटो दाबी गर्नु खतरनाक कदम भएको बताएकी छन् । त्यस्तै अमेरिकी डाक्टर एन्थोनी फाउचीले समेत रुसको भ्याक्सिनका बारेमा आशंका व्यक्त गरेका छन् । उनले रुसले निश्चित हिसाबले सुरक्षामा ध्यान दिएको बताउदै भ्याक्सिन बनाउदा यसमा कमि नभएको हुनुपर्ने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस