काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १०९२ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ५२ हजार ८८९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६४ हजार ५३१ जना संक्रमित पुष्टि भएको छ ।
योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २७ लाख नाघेको छ । भारतमा कुल संक्रमित २७ लाख ६७ हजार २७४ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म २० लाख ३७ हजार ८७१ जना ठिक भएका छन् भने ६ लाख ७६ हजार ५१४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल ३ करोड १७ लाख ४२ हजार ७८२ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ८ लाख १ हजार ५१८ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।