भाद्र ६,काठमाडौँ । विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या करिब ८ लाख पुगेको छ । जन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार शनिबार बिहानसम्म कोरोनाभाइरसबाट मर्नेको संख्या ७ लाख ९९ हजार बढी पुगेको हो ।
विश्वभर यस भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड २८ लाख बढी पुगिसकेको छ । हालसम्म अमेरिका सबैभन्दा प्रभावित देश बनेको छ । त्यहाँ संक्रमितको संख्या ५६ लाखभन्दा बढी रहेका छन् भने १ लाख ७५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
अमेरिकापछि ब्राजिलमा ३५ लाख ३२ हजारभन्दा बढी संक्रमित रहेका छन् । त्यहाँ १ लाख १३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । तेस्रो स्थानमा भारतमा २९ लाख बढी संक्रमित रहेका छन् । भारतमा भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५५ हजार नाघिसकेको छ ।
कोरोनाबाट मृत्यु हुनेको आधारमा भने मेक्सिको तेस्रो स्थानमा छ । त्यहाँ ५९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।