भाद्र १५, काठमाडौं । कोभिड(१९ बाट मृत्यु हुनेको संख्या विश्वमा साढे आठ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा चार हजार १६८ जनाको मृत्यु भएसँगै कुल संख्या आठ लाख ५० हजार १४९ पुगेको हो । वर्ल्डोमिटरका अनुसार हालसम्म विश्वमा दुई करोड ५३ लाख ७७ हजार ७१० संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा दुई लाख १९ हजार ८९४ संक्रमित थपिएका हुन् । यस्तै हालसम्म एक करोड ७७ लाख ७८१ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटरले जनाएको छ । कोभिड १९ बाट सबभन्दा बढी अमेरिका र त्यसपछि ब्राजिल प्रभावित भएका छन् ।