३ लाख २ हजार भन्दा बढी संक्रमित थपिए : भारत पहिलो नम्बरमा, अमेरिका दोस्रो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ भाद्र २७, शनिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र २७, काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमितहरु दिनानुदिन बढ्दै गएका छन् । शुक्रबार सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार ३ लाख २ हजार भन्दा बढी संक्रमित थपिएका हुन् । यसअघि बिहीबार ३ लाख १ हजार ३२६ जना संक्रमित थपिएका थिए । सबैभन्दा बढी भारतमा ९९ हजार ६५४ जना थपिएका छन् । अमेरिकामा ४६ हजार २८१, ब्रजिलमा ४४ हजार २१५ जना, अर्जेन्टिनामा ११ हजार ५०७, फ्रान्समा ९ हजार ४०६, स्पेनमा ४ हजार ७०८ जना थपिएका छन् । त्यस्तै कोलम्बियामा ७ हजार ४२४, रुसमा ५ हजार ५०४ जना, इजरायलमा ३ हजार ३८ जना संक्रमित थपिएका छन् ।

मेक्सिकोमा ४ हजार ८५७, इराकमा ४ हजार ५९७, बेलायतमा ३ हजार ५३९, बंगलादेशमा १ हजार ७९२, दक्षिण अफ्रिकामा १ हजार ९६०, इराकमा ४ हजार २५४ जना थपिएका छन् । फिलिपिन्समा ४ हजार ४०, इन्डोनेसियामा ३ हजार ७३७, युक्रेनमा ३ हजार १४४, मोरक्कोमा २ हजार ४३० जना थपिएका छन् ।

विश्वभर ५५ औं स्थानमा रहेको नेपालमा शुक्रबार १ हजार ४५४ जना संक्रमित थपिए । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । शुक्रबार ५ हजार ६३८ जना थपिएका छन् । सबैभन्दा बढी भारतमा १ हजार २०२ जना थपिए । अमेरिकामा १ हजार ६८, ब्रजिलमा ८९९, मेक्सिकोमा ५५४, कोलम्बियामा २४३, अर्जेन्टिनामा २४१, इरानमा ११५, इन्डोनेसियामा १२०, रुसमा १०२, दक्षिण अफ्रिकामा ११३, चिलीमा ६९, स्पेनमा ४८ र नेपालमा ५ जनाको ज्यान गएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस