भाद्र ३०, काठमाडौं । कोभिड १९ बाट धेरै प्रभावित देशमध्ये दोस्रो स्थानमा रहेको भारतमा एकैदिन एक हजार संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा एक हजार ५४ जनाको मृत्यु भएको हो । भारतमा हालसम्म ८० हजार ८०८ संक्रमितको मृत्यु भइसकेको छ ।
त्यहाँ सक्रिय संक्रमितको संख्या ९ लाख ८९ हजार ८६० छ । ३८ लाख ५६ हजार २४६ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । वर्ल्डोमिटरका अनुसार भारतमा कुल ४९ लाख २६ हजार ९१४ जना संक्रमित छन् । पछिल्लो २४ घण्टामा ८१ हजार ९११ संक्रमित थपिएका हुन् ।