विश्वमा कोभिड-१९ को प्रभाव बढ्दो, एकैदिन साढे ८ हजारभन्दा बढीको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १६, शुक्रबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज १६, काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ४४ लाख ६३ हजार ९३० पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख १३ हजार ३६९ संक्रमित थपिएका हुन् । कोभिड १९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख २७ हजार ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप आठ हजार ८२३ जनाको मृत्यु भएको हो । वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ५६ लाख ४७ हजार ६३१ जना संक्रमणमुक्त भएका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या ७७ लाख ८९ हजार २६५ छ। त्यसमध्ये ६६ हजार ८४ जना गम्भीर अवस्थाका छन् । यसै गरी अमेरिकामा संक्रमितको संख्या ७४ लाख ९४ हजार ९७ पुगेको छ भने भारतमा ६३ लाख ९१ हजार ९६० पुगेको छ। ब्राजिलमा संक्रमितको संख्या ४८ लाख ४९ हजार २२९ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस