भारतमा थप ५९ हजारमा संक्रमण, मृतक संख्या १ लाख ३ हजार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २०, मंगलबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज २०,काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ५९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५९ हजार ८९३ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६६ लाख ८२ हजार ७३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५६ लाख ५९ हजार ११० जना संक्रमणमुक्त भएका छन् भने ९ लाख १९ हजार ३६३ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ३ हजार ६०० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस