असोज २०, काठमाडौं । विश्वमा संक्रमितको संख्या तीन करोड ५६ लाख ९२ हजार ७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ६१ हजार ५३० संक्रमित थपिएका हुन् । कोभिड १९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ४५ हजार ८३० पुगेको छ । पछिल्लो २४ घण्टामा थप चार हजार १८८ जनाको मृत्यु भएको हो ।
वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ६८ लाख ५८ हजार ६४४ जना संक्रमणमुक्त भएका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या ७७ लाख ८८ हजार २५४ छ। त्यसमध्ये ६६ हजार ७८५ जना गम्भीर अवस्थाका छन् । सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ७६ लाख ७८ हजार १८२ पुगेको छ । भारतमा संक्रमितको संख्या ६६ लाख ८२ हजार ७३ पुगेको छ भने ब्राजिलमा ४९ लाख ४० हजार ४९९ छ ।