भारतमा थप ७८ हजारमा संक्रमण, संक्रमित संख्या ६८ लाख नाघ्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २२, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज २२, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ७८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७८ हजार ८०९ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६८ लाख ३२ हजार ९८८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५८ लाख २४ हजार ४६२ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २ हजार ९७२ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५५४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस