असोज २८, काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ८३ लाख ४७ हजार ५७९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख १२ हजार ८८० संक्रमित थपिएका छन् । कोभिड १९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ९० हजार १७९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप चार हजार ९७४ जनाको मृत्यु भएको हो ।
तर वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ८८ लाख ३५ हजार ४६१ जना संक्रमणमुक्त भएका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या ८४ लाख २१ हजार ९३९ छ । त्यसमध्ये ६९ हजार ८३० जना मात्र गम्भीर अवस्थाका छन् ।