असोज २९, काठमाडौ । विश्वमा पछिल्लो २४ घण्टामा थप तीन लाख ७९ हजार १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा छ हजार ६० जनाको मृत्यु भएको वर्ल्डोमिर्टर्सले जनाएको छ । विश्वमा कुल संक्रमित संख्या तीन करोड ८७ लाख २७ हजार ९५३ पुगेको छ ।
तीमध्ये हालसम्म १० लाख ९६ हजार ३०० जनाले ज्यान गुमाएका छन् । विश्वमा दुई करोड ९१ लाख १० हजार ९६८ जना संक्रमणमुक्त भएका छन् । अहिले विश्वभर सक्रिय संक्रमित ८५ लाख २० हजार ६८५ छन् । तीमध्ये ७० हजार ६५ जना गम्भीर छन् ।