एक वर्षमा विश्वमा एक करोड क्षयरोगी थपिँदा १४ लाखभन्दा बढीको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन ३०, शुक्रबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज ३०, काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तयार पारेको विश्व टिबी रिपोर्ट– ०२० अनुसार सन् ०१९ मा विश्वमा करिब एक करोड क्षयरोगी थपिएका छन् । त्यसमध्ये भारतमा मात्रै २६ लाख ४० हजार मानिसमा क्षयरोग देखिएको थियो । यहाँ प्रतिएक लाखमा एक सय ९३ जनामा (क्षयरोग) टिबी हुने अध्ययनले देखाएको छ ।

भारतमा कुल क्षयरोगीको २६ प्रतिशत छन् । बाँकी विश्वमा तीन भाग र भारतमा मात्रै एक भाग क्षयरोगी रहेको रिपोर्टमा उल्लेख छ । रिपोर्टअनुसार इन्डोनेसियामा ८.५ प्रतिशत, चीनमा ८.४ प्रतिशत, फिलिपिन्समा ६ प्रतिशत, पाकिस्तानमा ५.७ प्रतिशत, नाइजेरियामा ४.४ प्रतिशत, बंगलादेशमा ३.६ प्रतिशत र दक्षिण अफ्रिकामा ३.६ प्रतिशत क्षयरोगी रहेका छन् । यस्तै रिपोर्टअनुसार सन् ०१९ मा क्षयरोगका कारण १४ लाख मानिसले ज्यान गुमाएका थिए । क्षयरोग लाग्ने उमेर समूह १५ वर्ष देखिमाथिका ५६ प्रतिशत पुरुष, ३२ प्रतिशत महिला र १२ प्रतिशत बालबालिका छन् । यसरी क्षयरोग लाग्नेमध्ये ८.२ प्रतिशत एचआइभी पजिटिभबाट पीडित थिए ।

रिपोर्टले विश्वमा क्षयरोगको संक्रमण दर घट्दै गएको जनाएको छ । तर, सोही रिपोर्टले के पनि भनेको छ भने सन् ०१५ र ०२० को बीचमा संक्रमणदर २० प्रतिशतले कमी ल्याउने लक्ष्य रहेकोमा यो बढ्न सक्छ । सन् ०१५ देखि ०१९ सम्म एक लाख जनसंख्यामा क्रमशः १४२ देखि १३० नयाँ संक्रमित फेला परेका छन् । यो सन् ०१५ को तुलनामा ९ प्रतिशत कमी हो । यस्तै सन् ०१८ देखि ०१९ को बीचमा २.३ प्रतिशत मात्रै कमी आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस