नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८०० नाघ्यो, आज मात्रै थप २१ जनाको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ६, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक ६, काठमाण्डौ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८०० नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप २१ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ८१२ पुगेको छ । बिहीबार ३ हजार ६२७ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार २१५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कुल संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ भने संक्रमणमुक्त हुनेको कुल संख्या एक लाख २ हजार ८२० पुगेको छ ।
बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५५२ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १ हजार २८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ जना नयाँ संक्रमित भेटिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस