कार्तिक ७, काठमाडौ । विश्वभर कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड १९ लाख ६५ हजार ९५३ पुगेको छ । पछिल्लो २४ घण्टामा चार लाख ७६ हजार ४९८ जना संक्रमित थपिएका छन् । २४ घण्टामा विश्वमा थप ६ हजार ४५० जनाको कोभिड १९ बाट मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
हालसम्म विश्वभर संक्रमणका कारण ११ लाख ४२ हजार १४७ जनाले ज्यान गुमाएका छन् । तीन करोड ११ लाख ७६ हजार ३१८ जना संक्रमणमुक्त भएका छन् । विश्वमा अहिले ९६ लाख ४७ हजार ४८८ सक्रिय संक्रमित छन् । तीमध्ये ७४ हजार ९५२ जना गम्भीर बिरामी छन् ।