भारतमा कोरोना संक्रमित ८१ लाख ८४ हजार नाघे, १ लाख २२ हजारभन्दा बढीको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक १७, सोमबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाण्डौ । भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ४४१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८२ लाख २९ हजार ३२२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७५ लाख ४२ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार ६४२ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस