विश्वमा कोरोना स्थिती : घर फर्किनेको संख्या ४ करोड नाघ्‍यो,मृतक तथ्याङ्क १३ लाख ७६ हजारमाथी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ६, शनिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

 

मंसिर ६, काठमाण्डौ । विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या ४ करोड नाघेको छ । अहिलेसम्म ५ करोड ७८ लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । संक्रमितमध्ये ४ करोड ७५ हजार निको भएका छन् । ​वल्डोमिटरका अनुसार गएको २४ घण्टामा मात्रै ३ लाख भन्दा धेरै कोरोना संक्रमण मुक्त भएका हुन् । यस्तै गएको २४ घण्टामा १० हजार ९ सय भन्दा धेरैको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ लाख ७६ हजार नाघेको छ ।

अहिले विश्वभर १ करोड ६४ लाख सक्रिय संक्रमित रहेकामा एक प्रतिशत अर्थात १ लाखको अवस्था जटिल रहेपनि बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ । अहिलेसम्म कोरोना संक्रमित र कोरोनाले मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा धेरै छ । अमेरिकामा मात्रै १ करोड २२ लाखमा कोरोना पुष्टि हुँदा ७३ लाख निको भएका छन् । अमेरिकामा अहिलेसम्म कोरोना संक्रमित २ लाख ६० हजारको मृत्यु भएको छ । यसैगरी ९० लाख ५० हजारमा कोरोना पुष्टि भएको भारतमा ८४ लाख ७५ हजार निको भएका छन् । यो निको भएकाको दर विश्वमै धेरै हो । भारतमा अहिलेसम्म कोरोनाले १ लाख ३२ हजारको मृत्यु भएको छ ।

यस्तै ब्राजिलमा ६० लाख २० हजारमा कोरोना पुष्टि हुँदा ५४ लाख २२ हजार निको भएका छन् । १ लाख ६८ हजारको भने मृत्यु भएको छ । यसैगरी फ्रान्स र रुसमा संक्रमितको संख्या २० लाख नाघिसेको छ । स्पेनमा १५ लाख, बेलायतमा १४ लाख, अर्जेन्टिनामा साढे १३ लाख, इटालीमा १३ लाख, कोलम्बियामा १२ लाख र मेक्सीकोमा १० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भैसकेको वल्डोमिटरले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस