मंसिर ७, काठमाडौ । विश्वमा पछिल्लो २४ घण्टामा पाँच लाख ६७ हजार १८८ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा कोभिड १९ का कारण आठ हजार ८५२ जनाको ज्यान गएको छ । वर्ल्डोमिटर्सका अनुसार हालसम्म विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या पाँच करोड ८४ लाख ६६ हजार १८३ पुगेको छ । संक्रमित भएका मध्ये १३ लाख ८५ हजार ७०८ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म चार करोड चार लाख ५१ हजार ७७५ जना संक्रमणमुक्त भएका छन् । अहिले विश्वमा एक करोड ६६ लाख २८ हजार ७०० सक्रिय संक्रमित छन् । तीमध्ये एक लाख दुई हजार ३६९ जना गम्भीर बिरामी छन् ।