बिश्वमा कोरोना अबस्था : कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो, ४ करोड १९ लाखबढी घर फर्किए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ११, बिहिबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

मंसिर ११, काठमाण्डौ । विश्‍वमा कोरोना भाइरस संक्रमितको कुल संख्या छ करोड छ लाख ९५ हजार ५८५ पुगेको छ। पछिल्लो २४ घण्टामा छ लाख १४० संक्रमित थपिएका छन् । वर्ल्डोमिटर्सका अनुसार २४ घण्टामा ११ हजार ९१६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । अहिलेसम्म १४ लाख २५ हजार ७७९ जनाको मृत्यु भएको छ ।

विश्वमा चार करोड १९ लाख ३८ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् । अहिले एक करोड ७३ लाख ३१ हजार ३१० सक्रिय संक्रमित छन् । तीमध्ये एक लाख तीन हजार ५३८ गम्भीर बिरामी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस