चिनियाँ वैज्ञानिकको आरोप : ‘कोरोना भाइरस भारतबाट सुरु भएर विश्वभर फैलिएको हो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १३, शनिबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाण्डौ । चिनियाँ वैज्ञानिकहरुले कोरोना भाइरस पहिलोपटक भारतमा उत्पत्ति भइ विश्वभर फैलिएको दाबी गरेका छन् । बेलायती अखबार डेली मेललाई उद्धृत गर्दै नवभारत टाइम्सले जनाएअनुसार चिनियाँ एकेडेमी अफ साइन्सेजका वैज्ञानिकहरुले यस्तो दाबी गरेका हुन् । सन् २०१९ को गर्मीयाममा कोरोना भाइरस भारतमा उत्पत्ति भएको वैज्ञानिकहरुको टिमको दाबी छ । विश्व स्वास्थ्य संगठनले भने कोरोना भाइरसको स्रोत पत्ता लगाउने प्रयास जारी नै राखेको छ ।

कोरोना भाइरस फोहोर पानीको माध्यमबाट मानिसमा सरेको र भारतबाट वुहान पुगेको उनीहरुको दाबी छ । वुहान पुगेपछि यो कोरोना भाइरसको रुपमा पहिचान भएको उनीहरुले बताएका छन् । यद्यपि अन्य देशका वैज्ञानिकहरुले यो चिनियाँ दाबीलाई गलत बताएका छन् । बेलायतको ग्लास्गो विश्वविद्यालयका विशेषज्ञ डेभिड रबर्ट्सनले चिनियाँ वैज्ञानिकको दाबी गलत भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस